अपडेटः नेप्सेले पार गर्याे १३०० अंक, परिसूचकमा पालैपालो सुधार

<p>काठमाडौं । नेप्से परिसूचकले १३०० अंकले पार गरेको छ । आइतबार कारोबार खुलेको साढे एक घण्टाको अवधिमा नेप्से २९.२९ अंकले १३२०.४१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१९ प्रतिशतको वृद्धि हो । आइतबार बीमा समूहको परिसूचक त्रिपल डिजिटले बढेको छ । सबैभन्दा बढी जीवन बीमा ६१८ अंकले र त्यसपति निर्जीवन बीमा ३९५ अंकले [&hellip;]</p>

काठमाडौं । नेप्से परिसूचकले १३०० अंकले पार गरेको छ । आइतबार कारोबार खुलेको साढे एक घण्टाको अवधिमा नेप्से २९.२९ अंकले १३२०.४१ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१९ प्रतिशतको वृद्धि हो ।

आइतबार बीमा समूहको परिसूचक त्रिपल डिजिटले बढेको छ । सबैभन्दा बढी जीवन बीमा ६१८ अंकले र त्यसपति निर्जीवन बीमा ३९५ अंकले बढेको छ । पछिल्लो दुई साता निरन्तर बैंकिङ् समूहको परिसूचक उकालो लागेको थियो भने यस साताको पहिलो दिन बीमाको परिसूचक उच्च अंकले बढिरहेको छ ।

करिब साढे १ बजेसम्म ६ वटा बीमा कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ । सबैभन्दा बढी एसियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६२ रुपैयाँमा कारोबार भइरहेको छ ।

सो अवधिसम्म १७० कम्पनीको ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । सबैभन्दा बढी नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Share News