नेप्से तीन महिना यताकै उच्च बिन्दुमा, एक अर्ब ६७ कराेडको कारोबार

<p>काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक २२ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । जुन पछिल्ला तीन महिनायताकै उच्चतम बिन्दु हो । गत पुस १५ गते १२०४ अंकमा रहेको नेप्से हालसम्म ११० अंकले उकालो लागेको छ । पछिल्लो समय बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार मात्रै कुल १७६ कम्पनीको [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक २२ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । जुन पछिल्ला तीन महिनायताकै उच्चतम बिन्दु हो । गत पुस १५ गते १२०४ अंकमा रहेको नेप्से हालसम्म ११० अंकले उकालो लागेको छ ।

पछिल्लो समय बजारमा नेप्से परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार मात्रै कुल १७६ कम्पनीको साढे एक अर्ब रुपैयाँ बढीको सेयर किनबेच भएको छ । सो दिन ४९ लाख २१ लाख कित्ता सेयर एक अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।

पछिल्ला दुई साताजस्तै यस साता पनि वाणिज्य बैंकहरुको बढी सेयर कारोबार भएको छ । आइतबार सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ ।  बजारमा अधिकांश वाणिज्य बैंकहरुको बढी कारोबार भएता पनि सेयर मूल्यमा भने गिरावट देखिएको छ ।

त्यस्तै, सेयर बजारमा पालैपालो परिसूचकहरुमा वृद्धि आएको छ । यस साताअघि वाणिज्य बैंकको समूहमा सूधार देखिएको थियो भने आइतबार बीमा समूहको सूचकमा उच्च वृद्धि भएको छ । बजार बन्द हुँदा जीवन बीमा ६२९ र निर्जीवन बीमा समूह ४६२ अंकले बढेको छ ।

Share News