सोमबारको बजारमा तीव्र उतारचढाव, निर्जीवन बीमा समूह १०२ अंकले ओरालो

<p>काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केहिबेरमै घटेर १२९९.११ अंकमा झरेको बजार १२ बजे उकालो लागेर १३१८ अंकमा पुगेको थियो । त्यसपछि पुन सामान्य अंकले घटेको बजार करिब सवा दुई बजेपछि सामान्य अंकले उकालो लागेर १३१४ अंकमा पुगेको थियो । अन्ततः सोमबारको बजार ४.२१ अंकले घटेर १३१० अंकमा अडेको [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा तीव्र उतारचढाव देखिएको छ । कारोबार शुरु भएको केहिबेरमै घटेर १२९९.११ अंकमा झरेको बजार १२ बजे उकालो लागेर १३१८ अंकमा पुगेको थियो । त्यसपछि पुन सामान्य अंकले घटेको बजार करिब सवा दुई बजेपछि सामान्य अंकले उकालो लागेर १३१४ अंकमा पुगेको थियो । अन्ततः सोमबारको बजार ४.२१ अंकले घटेर १३१० अंकमा अडेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट देखिएको छ । आइतबार एक अर्ब ६७ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४८ करोड रुपैयाँ घटी हो ।

सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बैंकको ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबार त्रिपल डिजिटले उकालो लागेको निर्जीवन बीमा समूह सोमबार त्रिपल डिजिटले नै ओरालो लागेको छ । सोमबारको उक्त समूहको सूचक १०२ अंकले घटेको छ । तर बीमा समूहको सूचक भने १३० अंकले उकालो लागेको छ ।

Share News