नेपाल एग्रो लघुवित्तको आईपीओ मंगलबार बाँडफाँड हुँदै, कहाँ र कति बजे ?

<p>काठमाडौं । नेपाल एग्रो लघुवित्तले वैशाख ८ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको साधारण सेयर(आईपीओ)  मंगलबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान ९ बजे हात्तिसारस्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक, नेपाल एसबिआई मर्चेन्टको कार्यालयमा हुने छ । लघुवित्तले जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरको १ लाख ६१ हजार ७७८ [&hellip;]</p>

काठमाडौं । नेपाल एग्रो लघुवित्तले वैशाख ८ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको साधारण सेयर(आईपीओ)  मंगलबार बाँडफाँड हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहान ९ बजे हात्तिसारस्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक, नेपाल एसबिआई मर्चेन्टको कार्यालयमा हुने छ ।

लघुवित्तले जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरको १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला भएको छ ।

उक्त आईपीओमा कूल ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । बिक्री प्रबन्धकका अनुसार ३ लाख १५ हजार ३६० जना आवेदकले ६४ लाख २ हजार ३९० कित्ताको सेयर माग गरेका छन् । जुन संस्थाको मागभन्दा ४२.३४ गुणा बढी हो ।

उक्त सेयरमा न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म भर्न पाइने व्यवस्था रहेको थियो ।

Share News