काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले वैशाख ८ गतेदेखि ११ गतेसम्म निष्काशन गरेको आईपीओको मंगलबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्टका अनुसार उक्त आईपीओमा १५ हजार १२० जनाले मात्र १० कित्ताका दरले सेयर पाएका छन् ।
जुन कूल आवेदकको तुलनामा ४.७९ प्रतिशत आवेदकले मात्रै गोलाप्रथाबाट सेयर पाएका हुन् भने बाँकी ९५.२० प्रतिशत आवेदको हात खाली भएको छ ।
आईपीओमा कूल ३ लाख १५ हजार ६३० जनाले ६४ लाख २ हजार ३९० कित्ताको सेयर माग गरेका थिए । जसमा ७०५ जनाको आवेदन रद्द भएको छ भने बाँकी दुई लाख ९९ हजार ८०५ आवेदकको हात खाली भएको बिक्री प्रबन्धकले जनाएको छ । ( तपाईलाई पर्यो कि परेन ? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
लघुवित्तले जम्मा १ करोड ६१ लाख ७७ हजार ८०० रुपैंया बराबरको १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर १ लाख ५१ हजार २०० कित्ता शेयर मात्र सर्वसाधारणका लागि खुला भएको छ ।
उक्त आईपीओमा कूल ६४ करोड २ लाख ३९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । जुन संस्थाको मागभन्दा ४२.३४ गुणा बढी हो । उक्त सेयरमा न्युनतम १० देखि अधिकतम ८०० कित्तासम्म भर्न पाइने व्यवस्था रहेको थियो ।