गणपति माइक्रोफाइनान्सको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

<p>काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले उक्त आईपीओ आगामी शुक्रबार अर्थात वैशाख २० गते बाँडफाँड गर्ने जानकारी दिएको हो । साथै, क्यापिटलले सम्भव भएसम्म मंगलबार(आज) नै प्री एलोटमेन्ट गर्ने जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणका [&hellip;]</p>

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले वैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओको शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले उक्त आईपीओ आगामी शुक्रबार अर्थात वैशाख २० गते बाँडफाँड गर्ने जानकारी दिएको हो ।

साथै, क्यापिटलले सम्भव भएसम्म मंगलबार(आज) नै प्री एलोटमेन्ट गर्ने जानकारी दिएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको थियो । जुन कम्पनीको मागभन्दा २१ गुुणा बढी हो ।

कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गरेको हो । संस्थाले कर्मचारीका लागि ५ हजार १६७ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याएको थियो ।

उक्त आईपीओमा न्यूनतम १० देखि १५०० कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको थियोे ।

Share News