रसुवागढी र साञ्जेन जलविद्युतको आईपीओ भोलि कहाँ र कति बजे बाँडफाँड हुँदै ?

<p>काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले वैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरेका आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ । यी दुबै कम्पनीले म्याद थपेर ६ दिनसम्म निष्काशन गरेका आईपीओको बाँडफाँड भोलि दिँउसो ३ बजे सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा हुन लागेको हो । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार रसुवागढीको आईपीओमा [&hellip;]</p>

काठमाडौं । रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीले वैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरेका आईपीओ भोलि बिहीबार बाँडफाँड हुने भएको छ । यी दुबै कम्पनीले म्याद थपेर ६ दिनसम्म निष्काशन गरेका आईपीओको बाँडफाँड भोलि दिँउसो ३ बजे सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा हुन लागेको हो ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार रसुवागढीको आईपीओमा ४० कित्तासम्म माग गर्ने जतिले सबै पाउने छन् । साथै, बाँकी रहेको सेयर ग्रोलाप्रथाबाट थप १० कित्ता बाढिने छ । अर्थात उक्त आईपीओमा केही आवेदकले अधिकतम ५० कित्ता पाउने बिक्री प्रबन्धकले जनाएको छ ।

रसुवागढीको सेयरमा कूल तीन लाख सात हजार आवेदकले आवेदन दिएका थिए । कम्पनीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो ।

त्यस्तै, साञ्जेनले ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो ।

जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएका यी दुबै कम्पनीको सेयर तत्कालै नेप्सेमा सूचीकरण हुनेछ ।

Share News