२५ प्रतिशत बोनस पछि नेपाल लाइफ इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?

<p>काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३५०.९० रुपैयाँ तोकिएको छ । मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको [&hellip;]</p>

काठमाडौं । बिहीबार नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता १०१६.८० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३५०.९० रुपैयाँ तोकिएको छ ।

मूल्य समायोजन भएपछिको बिहीबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले घटेको छ । सो दिन करिब १२ बजेतिर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९९५ रुपैयाँमा झरेको छ ।

Share News