काठमाडौं । पाँचथर पावर कम्पनीको ९६ लाख २५ हजार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ । बिहीबार मात्रै कम्पनीको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
कम्पनीले उक्त आईपीओ गत फागुन २३ गते बाँडफाँड गरेको थियो । करीब २ महिनापछि नेप्सेमा सूचिकृत भएको उक्त आईपीओ आगामी वैशाख २२ गते (आईतबार)देखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
कम्पनीले गत फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म कुल १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियाे ।