काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) शुक्रबार बाँडफाँड भएको छ । संस्थाले बैशाख ९ देखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा भएको हो ।
क्यापिटलका अनुसार उक्त आईपिओमा ३१ हजार ३०८ जनाले मात्रै गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् । सदर भएका सेयर मध्ये २ लाख ९१ हजार ३०१ जनाको हात खाली भएको छ ।
उक्त आईपीओमा कूल ३ लाख २३ हजार ३०९ जनाले ६५ लाख ७१ हजार ९० कित्ताको लागि माग गरेका थिए । जसमध्ये ३ लाख २२ हजार ६०९ जनाको सेयर सदर भएको छ । बाँकी ७०० जनाले भरेको १५ हजार ९८० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले सर्वसाधारणलाई कूल ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये ५ हजार १ सय ७५ कित्ता कर्मचारीलाई, १६ हजार ७ सय ५० कित्ता सामूहिक लगानी कोषको लागि र बाँकि रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।