एनएलजी इन्स्योरेन्सले जेठ १४ गते बोलायो विशेष साधारणसभा, यस्तो छ एजेन्डा

<p>काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा [&hellip;]</p>

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आगामी जेठ १४ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले उक्त प्रयोजनको लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कम्पनीले जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्न १० बराबर ६ अनुपात अर्थात ६० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त दिन विशेष साधारणसभा बोलाएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रद पछि एक अर्ब रुपैयाँ नाघ्ने छ ।

Share News