पाँचथर पावरको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

<p>काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको आज(आईतबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ देखि २५९.८६ रुपैयाँसम्म मूल्य तोकेको छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजना बनाउन [&hellip;]</p>

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको आज(आईतबार)बाट सेयर कारोबार गर्न सकिने छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८६.६२ देखि २५९.८६ रुपैयाँसम्म मूल्य तोकेको छ ।

आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी बढेर ९६ करोड रुपैयाँ पुगेको छ । कम्पनीले १४.९ मेगावाट क्षमताको हेवाखोला ए आयोजना सञ्चालन गरिरहेको छ ।

उक्त आयोजना बनाउन २ अर्ब ६१ करोड ४७ लाख रुपैयाँ लागेको छ । आयोजनाको प्रतिमेगावाट लागत १७ करोड ६४ लाख रुपैयाँ रहेको छ । लगानी फिर्ता ८.९ वर्ष रहेको छ ।

Share News