हिमालयन बैंकसहित चार कम्पनीको करोडौँ कित्ता बाेनस सेयर सूचिकृत

<p>काठमाडौं । आइतबार मात्रै विभिन्न चार कम्पनीको कूल एक करोड १५ लाख ९७ हजार ६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटलको गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो । सो मध्ये सबैभन्दा बढी सोल्टी होटलको बोनस सेयर नेप्सेमा थपिएको छ [&hellip;]</p>

काठमाडौं । आइतबार मात्रै विभिन्न चार कम्पनीको कूल एक करोड १५ लाख ९७ हजार ६० कित्ता बोनस सेयर सूचिकृत भएको छ । सो दिन हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटलको गरी सो मात्राको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सो मध्ये सबैभन्दा बढी सोल्टी होटलको बोनस सेयर नेप्सेमा थपिएको छ । होटलको ६६ लाख ६१ हजार १६३ कित्ता सेयर थपिएको हो ।

त्यस्तै, हिमालयन बैंकको ४० लाख ५७ हजार २६५ कित्ता, मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसनको ३ लाख ७ हजार ४२४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

Share News