नेप्से २१ अंकले बढ्दा शिवमकाे बढी कारोबार, दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी

<p>काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार उकालो लागेको छ । सोमबारको बजार दोेहोरो अंकले उकालो लागेर १२९९.४१ अंकमा पुगेको छ । पछिल्लो समय लगातार बढेर गत साताको आइतबार १३१४ अंकमा पुगेको नेप्से यस साताको आइतबारसम्ममा निरन्तर घटेर १२७७ अंकमा झरेको थियो । तर सोमबार(आज)को नेप्से अघिल्लो दिनको तुलनामा १.७० प्रतिशतले बढेर [&hellip;]</p>

काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार उकालो लागेको छ । सोमबारको बजार दोेहोरो अंकले उकालो लागेर १२९९.४१ अंकमा पुगेको छ ।

पछिल्लो समय लगातार बढेर गत साताको आइतबार १३१४ अंकमा पुगेको नेप्से यस साताको आइतबारसम्ममा निरन्तर घटेर १२७७ अंकमा झरेको थियो । तर सोमबार(आज)को नेप्से अघिल्लो दिनको तुलनामा १.७० प्रतिशतले बढेर १२९९.४१ अंकमा पुगेको छ ।

त्यस्तै, सो दिन क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले बढेर २७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढी हो ।

बजारमा परिसूचकमा दोहोरो अंकको सुधार देखिएता पनि कारोबार रकममा भने ३ करोड रुपैयाँ बराबरको गिरावट देखिएको छ । आइतबार ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

कूल १७२ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८८ रुपैयाँ रहेको छ । त्यस्तै, जनता बैंक नेपाल, नेपाल बैंक र एनएमबी बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सोमबार दुई कम्पनीको लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सो दिन साल्ट ट्रेडिङ कर्पोरेसन र मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.७८ र ९.७० प्रतिशत कमाएका हुन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४४० र १८१ रुपैयाँ रहेको छ ।

सोमबार ११ समूह सेयर कारोबारमा आएका छन् । सो मध्ये अन्य बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७५ अंकले उकालो लागेको छ । अन्य समूह भने ०.८५ अंकले घटेको छ ।

Share News