इन्फिनिटी लघुवित्तले ६ करोड ७४ लाखको आईपीओ जारी गर्ने

<p>काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबारमात्रै संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले [&hellip;]</p>

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले कूल ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबारमात्रै संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो ।

बोर्डको अनुमति अनुसार संस्थाले अंकित मूल्य १०० रुपैयाँको दरले ६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गर्ने छ ।
संस्थाले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटस् लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।

Share News