फर्ष्ट माइक्रोफाइनान्सले सम्पन्न गर्यो एक दिने सञ्चालक शिक्षा कार्यक्रम

<p>काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंमा १ दिवसीय सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले वित्तीय संस्थाका सञ्चालकहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा अभिमुखिकरण तथा पुनर्ताजगीकरण गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो । साथै, संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गका [&hellip;]</p>

काठमाडौं । फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंमा १ दिवसीय सञ्चालक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले वित्तीय संस्थाका सञ्चालकहरुको काम, कर्तव्य, अधिकार र जिम्मेवारीका बारेमा अभिमुखिकरण तथा पुनर्ताजगीकरण गराउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

साथै, संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ एवं नेपाल राष्ट्र बैंक द्धारा “घ”वर्गका लघु वित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम कार्यक्रम आयोजना गरेको हो ।

उक्त कार्यक्रममा फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुरेन्द्रराज रेग्मी लगायत ६ जना सञ्चालकहरु तथा व्यवस्थापन समूहका ५ जना सहित कुल ११ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंक द्धारा “घ” वर्गका इजाजत पत्र प्राप्त लघवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको निर्देशनमा व्यवस्था गरिए बमोजिम संस्थागत सुशासन, सञ्चालकहरुको आचारण तथा सञ्चालकहरुले पालना गर्नुपर्ने विषयमा प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भेषराज पन्थीले केही प्रमुख वित्तीय सूचकका आधारमा नेपालको बैकिंग क्षेत्र, लघुवित्त वित्तीय संस्थाहरु एवं फर्ष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको तुलनात्मक अवस्थाको प्रस्तुती गरेका थिए ।

Share News