एलजीले नेपाली बजारमा ल्यायो विशेष ‘इसेन्सियल सिरिज’का घरेलु उपकरणहरू

काठमाडौं । नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई मध्यनजर गर्दै एलजीले नयाँ र किफायती घरेलु उपकरणहरूको श्रृंखला ‘एलजी इसेन्सियल सिरिज’ नेपाली बजारमा सार्वजनिक गरेको छ । 

‘हरेक घरको खुशी, घर–घरमा एलजी’ अभियान अन्तर्गत एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा यी उत्पादनहरू बजारमा ल्याएको हो ।  

null

काठमाडौंमा आयोजित एक विशेष भव्य कार्यक्रमका बीच उक्त नयाँ श्रृंखलाको औपचारिक अनावरण गरिएको हो । 

आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यको सम्मिश्रण रहेको यस सिरिजमा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजरेटर, फुल्ली अटोमेटिक टप(लोड वासिङ मेसिन र एसी समावेश छन् ।

यस अवसरमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र सीजी इलेक्ट्रोनिक्सबीचको चार दशक लामो व्यावसायिक यात्राको स्मरण गर्दै यो नयाँ सिरिजले नेपाली उपभोक्ताहरूको जीवनस्तर सहज बनाउनुका साथै बजारमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी, एलजी इलेक्ट्रोनिक्स सिंगापुरका होम एप्लायन्स सोलुसनका उत्पादन निर्देशक चाङ्‌हो हानले नेपाली उपभोक्ताहरूको सल्लाह र आवश्यकताको गहिरो अध्ययन गरी यो सिरिज विकास गरिएको जानकारी दिए।

null

आधुनिक डिजाइन र भरपर्दो कार्यसम्पादनयुक्त यी उपकरणहरूले नेपाली परिवारको दैनिक जीवनलाई थप सुविधाजनक र समृद्ध बनाउने उनको भनाइ थियो ।

यस सिरिज अन्तर्गत सार्वजनिक गरिएको डबल–डोर रेफ्रिजरेटरमा फ्रस्ट-फ्री  प्रविधि रहेको छ, जसले गर्दा भित्र जम्ने हिउँलाई हातले सफा गरिरहनु पर्ने झन्झट हुँदैन । 

यसको स्मार्ट मोडले मौसम अनुसार फ्रिजको भित्री चिस्यानलाई आफैं नियन्त्रण गर्छ भने नेपाली परिवारको आवश्यकतालाई ध्यानमा राखेर यसमा अघिल्ला मोडलहरू भन्दा २० प्रतिशत ठूलो तरकारी राख्ने बास्केट दिइएको छ । 

त्यसैगरी, नेपालको वातावरणीय अवस्था सुहाउँदो फुल्ली अटोमेटिक टपलोड वासिङ मेसिनमा बलियो प्रो–शिल्ड मोटर, बीएमसी कभर र पानीले नबिग्रिने आईपिएक्स–४ प्रमाणित वाटर(रेजिस्टेन्ट कन्ट्रोल प्यानल राखिएको छ ।

यसमा प्रयोग गरिएको लो–प्रेशर फिल प्रविधिले नेपालमा भोगिने कम पानीको चापको समस्यामा पनि लुगा उत्कृष्ट तरिकाले धुने सुनिश्चित गर्दछ । 

null

सिरिजको अर्को मुख्य उत्पादन रुम एयर कन्डिसनरले जाडोमा कोठा तातो र गर्मीमा चिसो बनाउने दुवै काम गर्दछ । परम्परागत नन–इन्भर्टर एसीको तुलनामा निकै कम बिजुली खपत गर्ने यस एसीमा वातावरणमैत्री आर–३२ रेफ्रिजेरेट ग्यास प्रयोग गरिएको छ र यो चल्दा आवाज पनि निकै कम आउँछ ।

कम्पनीका अनुसार यो सिरिजका प्रारम्भिक मोडलहरूको सुरुवाती मूल्य करिब रु. ४९ हजार ६९० तोकिएको छ र यसको बिक्री वितरण नेपालभर जुनदेखि नै सुरु भइसकेको छ । 

Share News