काठमाडौँ । सिद्धार्थ इन्स्योरेन्स लि.ले काठमाण्डौको स्वयम्भु तथा बुटवलको ट्राफिक चोकमा शाखा बिस्तार गरेको छ ।
स्वयम्भु शाखा कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, उप प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ एवम् नायव महाप्रबन्धक मुरारी रेग्मीले संयुक्त रुपमा उद्घाटन गरे ।
यस्तै प्रमुख कार्यकारी अधिकृत बैदवार क्षेत्रीले ट्राफिक चोक बुटवल शाखाको उद्घाटन गरे । सो अवसरमा प्रमुख कार्यकारी बैदवार क्षेत्रीले अहिलेसम्म ७४ वटा शाखा सञ्जालमार्फत बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भबिष्यमा अझ प्रभावकारी रुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।