काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिहीबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलका अनुसार २३ हजार ३६३ जना आवदेकले गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।
उक्त आईपीओमा ३ लाख १ हजार ३९६ जनाले कूल ५५ लाख ४५ हजार ४५० कित्ता सेयर माग गरेको थिए । जुन संस्थाको माग भन्दा २३.८० गुणा बढी हो । कूल ३ लाख २ हजार ३८ जनाको आवेदन मध्ये ६४२ जनाले माग गरेको १४ हजार ८९० कित्ता सेयर रद्द भएको क्यापिटलले जनाएकाे छ ।
संस्थाले वैशाख १६ देखि २० गतेसम्म कुल २ लाख ३३ हजार ६३० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।