५.६४ अंकले घट्यो नेप्से, ९४ करोडको कारोबार

<p>काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेको छ । ०.४३ प्रतिशतले घट्दा परिसूचक १२९१.९६ बिन्दुमा पुगेको छ । आज शेयर बजारमा १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ [&hellip;]</p>


काठमाडौँ । साताको अन्तिम दिन विहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेको छ । ०.४३ प्रतिशतले घट्दा परिसूचक १२९१.९६ बिन्दुमा पुगेको छ ।

आज शेयर बजारमा १७४ कम्पनीको ३५ लाख ८५ हजार ६ सय ९५ कित्ता शेयर किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स) का अनुसार ९४ करोड ७३ लाख ४७ हजार ७ सय ७६ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बजार घटेको दिन २ समूह बाहेक सबै सूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह ५०.२१ र उत्पादनमूलक समूह ३६.०९ अंकले बढ्दा अरु सबै समूह घटेका हुन् ।

बैंकिङ समूह ८.३१, होटल समूह १२.१२, विकास बैंक समूह ७.६८, जलविद्युत समूह ३.५४, वित्त समूह २.४१, अन्य समूह ०.९६, लघुवित्त समूह ८.१८ र जीवन बीमा समूह ५३.८८ अंकले घटेका हुन् ।

बजार घटेको दिन सगरमाथा इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ८.५१ अंकले नाफा कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ९.२४ प्रतिशतले गुमाएका छन् ।

Share News