ब्रोकर कम्पनीले वेबसाइट खोल्नै पर्ने, जेठ भित्रै जानकारी दिन नेप्सेको निर्देशन

<p>काठमाडौं । हाल सञ्चालनमा आएका प्रत्येक सदस्य दलाल(ब्रोकर) कम्पनीहरुले आफ्नो कार्यालयको वेवसाइट खोल्नै पर्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार एक सूचना जारी गरी हालसम्म वेवसाइट नखोलेका र वेवसाइट खोली सञ्चालनमा ल्याएका ब्रोकर कम्पनीहरुलाई नेप्सेको माग बमोजिमको वेवसाइट खोल्न आग्रह गरेको हो । साथै, नेप्सेले आगामी जेठ मसान्तभित्र प्रत्येक ब्रोकर कम्पनीहरुलाई आ–आफ्नो कार्यालयको वेवसाइटको [&hellip;]</p>

काठमाडौं । हाल सञ्चालनमा आएका प्रत्येक सदस्य दलाल(ब्रोकर) कम्पनीहरुले आफ्नो कार्यालयको वेवसाइट खोल्नै पर्ने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बिहीबार एक सूचना जारी गरी हालसम्म वेवसाइट नखोलेका र वेवसाइट खोली सञ्चालनमा ल्याएका ब्रोकर कम्पनीहरुलाई नेप्सेको माग बमोजिमको वेवसाइट खोल्न आग्रह गरेको हो ।

साथै, नेप्सेले आगामी जेठ मसान्तभित्र प्रत्येक ब्रोकर कम्पनीहरुलाई आ–आफ्नो कार्यालयको वेवसाइटको अनिवार्य जानकारी गराउन आग्रह गरेको छ ।

सर्वसाधारण लगानीकर्ताहरुलाई ब्रोकर कम्पनीहरुले दिने सेवा सुविधाको पहुँचलाई सजिलो बनाउन नेप्सेले उक्त निर्णय गरेको हो । साथै, यसबाट आम लगानीकर्ताहरुले धितोपत्र बजार सम्बन्धी सूचना तथा जानकारीहरु सजिलै पाउन सक्ने नेप्सेको विश्वास रहेको आईटि अधिकृत बालकृष्ण कोजूले जनाएका छन् ।

Share News