काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले ३६५ दिन नै बीमा सेवा प्रदान गर्ने भएको छ ।
बैशाख १ गते देखि नै सार्वजनिक बिदा तथा शनिवारका दिन समेत निर्जीवन बीमा सम्वन्धि सम्पूर्ण सेवाहरु उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
ग्राहक तथा सेवाग्राहीको व्यस्त समयलाई मध्य नजर गर्दै बिदाका दिन समेत बीमालेख जारी गर्ने, बीमाशुल्क भुत्तानी गर्ने, दाबी दर्ता गर्ने तथा अन्य आवश्यक बीमा सेवा लिन सक्ने व्यवस्था मिलाएको बजार बिभाग प्रमुख लक्ष्मण पराजुलीले बताए ।