८४ करोडको सेयर कारोबार, सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर बिक्री

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कूल १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर किनबेच भएको हो । जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको १६ करोड ४५ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा ८४ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार कूल १७१ कम्पनीको २६ लाख ७० हजार १४० कित्ता सेयर किनबेच भएको हो ।

जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको १६ करोड ४५ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएको छ । आइतबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८० रुपैयाँ रहेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

आइतबारको नेप्से परिसूचक ३.०७ अंकले बढेर १२९५.०३ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.२४ प्रतिशत बढी हो ।

त्यस्तै, बजारमा ४ समूह बाहेक बाँकी समूहहरु ओरालो लागेका छन् । सबैभन्दा बढी होटल समूह १०० अंकले बढेको छ । उत्पादन मूलक ९८, निर्जीवन बीमा ७६ र फाइनान्स समूह ०.४१ अंकले उकालो लागेको हो । जीवन बीमा समूह १० अंकले घटेको छ भने बाँकी समूहहरु सामान्य अंकले ओरालो लागेका छन् ।

त्यसैगरी, शिवम् सिमेन्टको सेयर मूल्य ९.९८ र प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

Share News