शिवम् सिमेन्टको ९ महिनाको प्रगतिले लगानीकर्तालाई लोभ्यायो, करोडौंको कारोबार हुँदा १० प्रतिशतले बढ्याे सेयर मूल्य

<p>काठमाडौं । पछिल्लो समय शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेकाे छ । चालु आवकाे ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको दिन(साेमबार) कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय शिवम् सिमेन्ट कम्पनीको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढेकाे छ । चालु आवकाे ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको दिन(साेमबार) कम्पनीको ११ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

कम्पनीले चालु आवको तेस्रो त्रैमासिकको रिपोर्ट सार्वजनिक भएसँगै लगानीकर्ताहरु कम्पनीको सेयरमा झुम्मिएका हुन् । उक्त विवरण अनुसार कम्पनीको वित्तीय अवस्था समग्रमा राम्रो भएकाले सेयरधनीहरु कम्पनीको सेयरमा आकर्षित भएका हुन् । सो अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बढीको नाफा कमाएको छ ।

सोमबार कम्पनीका लगानीकर्ताले ९.९६ प्रतिशत कमाएका छन् । अघिल्लो दिन प्रतिकित्ता ४५२ रुपैयाँमा कारोबार बन्द भएको कम्पनीको सेयर मूल्य सोमबार बढेर प्रतिकित्ता ४९७ रुपैयाँमा बन्द भएको हो । जुन अघिल्लो दिनको तुलनामा ४५ रुपैयाँ बढी हो ।

समग्रमा सोमबारको नेप्से परिसूचक ६.३० अंकले बढेर १३०१.३४ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४९ प्रतिशत बढी हो । सो दिन कुल १६९ कम्पनीको ७८ करोड ६४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टसले कमायाे एक अर्ब नाफा, गत वर्षको भन्दा १३ प्रतिशत बढी

Share News