शिवश्री हाइड्रोपावरले साढे ३३ करोडको आईपीओ ल्याउँदै

<p>काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले कुल ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमो ओवदन दिई प्रकृया अघि बढाइसकेको छ । बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ सर्वसाधारणमा [&hellip;]</p>

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले कुल ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ ।

सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमो ओवदन दिई प्रकृया अघि बढाइसकेको छ ।

बोर्डको अनुमति पाए पश्चात हाइड्रोले अंकित मूल्य १०० रुपैयाँको दरले ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्ने छ ।

कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत आईपीओ जारी गर्न गत चैत १७ गते नै बोर्डसँग अनुमति मागेको हो ।

Share News