
काठमाडौं । यूनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा २७ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ करोड १७ लाख रुपैयाँ बढी हो । कम्पनीले आर्थिक वर्ष २०७४/२०७५ को पहिलो ९ महिनामा कूल २५ करोड १९ लाख रुपैयाँ बराबरको नाफा कमाएको थियो ।
९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको कूल सम्पत्ति बढेर ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीले एक अर्ब ४१ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी र १२ करोड ३० लाख रुपैयाँ बराबरको अन्य आम्दानी गरी कूल एक अर्ब ५४ करोड १० लाख रुपैयाँ कुल आम्दानी गरेको छ । त्यस्तै, कम्पनीले एक अर्ब २० करोड ७९ लाख रुपैयाँ कूल खर्च गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २९५ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३ रुपैयाँ बढी हो । गत आवको ९ महिनामा कम्पनीको प्रतिसेयर आम्दानी २७४ रुपैयाँ रहेको थियो ।
त्यस्तै, पिई रेसियो घटेर १३.७५ र तरलता अनुपात १.७८ रहेको छ । प्रतिसेयर नेटवर्थ बढेर २ हजार ३७६ रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिमा एक हजार ७५० रुपैयाँ रहेको थियो । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २० हजार २०० रुपैयाँ रहेको छ ।