काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारी गर्ने प्रकृया अघि बढाएको छ । संस्थाले कूल ११ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको हो ।
बोर्डको अनुमति पाएपश्चात संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयरधनीलाई बिक्री गर्ने छ । माइक्रोफाइनान्स समूह अन्तर्गतको यस संस्थाले ग्लोबल आईएमई क्यापिटल लिमिटेड मार्फत सो मात्राको सेयर निष्काशन गर्ने छ ।
हाल संस्थाको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद जारी पश्चात संस्थाको चुक्ता पुँजी २२ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय संस्थाको सेयर मूल्य प्रतिकित्ता एक हजार ३५५ रुपैयाँ रहेको छ ।