काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएका छन् । यी तीन संस्था एक आपसमा गाभिने सम्बन्धि वैशाख ३० गते साँझ एक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
मर्जमा जाने प्रयोजनको लागि यी तीनवटै संस्थाहरुको वैशाख ३१ गते(आज)देखि नै सम्पूर्ण धितोपत्र कारोबार रोक्का हुने भएको छ । साथै, एक आपसमा गाभ्ने र गाभिने प्रकृया सम्पन्न नभएसम्म उल्लेखित संस्थाहरुको बुक क्लोज हुने जनाइएको छ ।
हाल मिर्मिरे लघुवित्तको चुक्ता पुँजी १० करोड ३८ लाख रुपैयाँ रहेको छ । त्यस्तै, नागबेलीको १५ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।