बजारमा एक अर्ब बढीको कारोबार, राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले कमाए १० प्रतिशत

<p>काठमाडौं । मंगलबारको बजारमा एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७० कम्पनीको ३१ लाख ६६ हजार कित्ता सेयर सो मात्रामा किनबेच भएको हो । सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य [&hellip;]</p>

काठमाडौं । मंगलबारको बजारमा एक अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कूल १७० कम्पनीको ३१ लाख ६६ हजार कित्ता सेयर सो मात्रामा किनबेच भएको हो ।

सो मध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन १० करोड रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३१४ रुपैयाँ रहेको छ । त्यस्तै, शिवम् सिमेन्टको ८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

सो दिनको नेप्से परिसूचक दोहोरो अर्थात १४.१२ अंकले बढेर १३१५ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०८ प्रतिशत बढी हो ।

त्यस्तै, मंगलबारको बजारमा राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सोही कम्पनीका प्रमोटर सेयरधनीले एकैदिन ९.९९ प्रतिशत कमाएका छन् । त्यसैगरी, शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य ९.८६ प्रतिशतले बढेको छ ।

Share News