इन्फिनिटी लघुवित्तले जेठ १३ गतेदेखि आईपीओ बिक्री गर्ने, कस्तो छ त संस्थाकाे अवस्था ?

<p>काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी जेठ १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ७४ कित्ता सेयर बिक्री गर्न लागेको हो । लघुवित्तले सो मध्ये कर्मचारीलाई ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता र सामुहिक लगानी कोषलाई [&hellip;]</p>

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड ७४ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । संस्थाले आगामी जेठ १३ गतेदेखि अंकित मूल्य १०० रुपैयाँ दरको ६ लाख ७४ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

लघुवित्तले सो मध्ये कर्मचारीलाई ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता र सामुहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ३३ हजार ७०० कित्ता सेयर छुट्याएको छ । साथै, बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरिने संस्थाले जनाएको छ ।

उक्त सेयर जेठ १३ गतेदेखि खुला भई छिटोमा जेठ १६ गते र ढिलोमा असार १० गते बन्द हुने संस्थाले जनाएको छ । संस्थाको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तो छ संस्थाको अवस्था

केन्द्रिय कार्यालय गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको यस संस्थाले आर्थिक वर्ष २०७४/७५मा ५३ लाख ३७ हजार रुपैयाँ संचित नाफा कमाएको छ । सो अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ८.०८ रुपैयाँ रहेको थियो भने प्रतिसेयर नेटवर्थ ९१.४७ रुपैयाँ रहेको संस्थाले जनाएको छ ।

त्यस्तै, चालु आव २०७५/७६मा एक करोड २४ लाख, आव २०७६/७७ मा तीन करोड र आव २०७७/७८ मा ६ करोड ८८ लाख रुपैयाँ संचित नाफा गर्ने संस्थाको प्रक्षेपण रहेको छ ।

५० करोड अधिकृत पुँजी र २० करोड ७४ लाख रुपैयाँ जारी पुँजी रहेको यस संस्थाको हाल १४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । ६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्ने छ ।

लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा प्रवीणकुमार लामा रहेका छन् । त्यस्तै, संस्थाको संस्थापक तर्फबाट ४, सर्वसाधारणतर्फबाट २ र स्वतन्त्रतर्फबाट एक जना गरी कूल ७ जना संचालक पदमा रहेका छन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि आईपीओ ग्रेड ४ पाएको छ । यसले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको देखाउँछ ।

Share News