काठमाडौं । नेपाल एग्रो लघुवित्त लघुवित्त वित्तीय संस्थाको बिहीबार साधारण सेयर(आईपीओ) सूचिकृत भएको छ ।
संस्थाको कूल ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।
संस्थाले उक्त आईपीओ गत वैशाख १७ गते बाँडफाँड गरेको थियो । करीब २ हप्तापछि नेप्सेमा सूचिकृत भएको उक्त आईपीओ आगामी जेठ ५ गते (आईतबार)देखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।