काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबारदेखि कारोबार खुला भएको छ । अबदेखि दोश्रो बजारमा यी दुबै संस्थाको सेयर किनबेच गर्न मिल्ने भएको छ ।
नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले नेपाल एग्रोको पहिलो कारोबारको लागि प्रतिकित्ता १०३.४८ देखि ३१०.४४ रुपैयाँसम्म मूल्य तोकेको छ । संस्थाको गत जेठ २ गते मात्रै ४ लाख ९७ हजार ७७८ कित्ता आईपीओ सेयर नेप्सेमा सूचिकृत भएको थियो ।
त्यस्तै, गणपति माइक्रोफाइनान्सको पनि प्रतिकित्ता ७८.९ देखि २३६.७३ रुपैयाँसम्म सेयर मूल्य तोकेको छ । संस्थाको गत जेठ ३ गते १० लाख ३५ हजार कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको थियो ।