एक अर्ब माथिको सेयर कारोबार हुँदा सबैभन्दा बढी नेपाल बैंकको, शिवमकाे मूल्य ६२९ पुग्यो

<p>काठमाडौं । साताको पहिलो दिन कूल एक अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् । जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन कूल एक अर्ब ९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आइतबार कूल १७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर सो मूल्यमा किनबेच भएका हुन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल बैंकको सेयर कारोबार भएको छ । बैंकको एकैदिन २२ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३३६ रुपैयाँ रहेको छ ।

त्यस्तै, शिवम् सिमेन्टको १८ करोड ७० लाख रुपैयाँ बढीको सेयर बिक्री भएको छ । पछिल्लो कारोबारमा जस्तै आइतबार पनि यस कम्पनीको सेयर मूल्यमा पोजेपटभ सर्किट ब्रेक लागेको छ । बिहीबारको तुलनामा आइतबार कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ६२९ रुपैयाँ पुगेको छ । त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता १११ रुपैयाँ पुगेको छ ।

समग्रमा आइतबारको नेप्से परिसूचक १.८७ प्रतिशतले घटेर १३१६.८४ अंकमा झरेको छ । सामान्य अंकले घटेको बजारमा विभिन्न ५ कम्पनीका लगानीकर्ताले ५ र ६ प्रतिशतको हाराहारीमा गुमाएका छन् । विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, आईएमई जनरल इन्स्योरेन्स, नाडेप लघुवित्त वित्तीय संस्थाको साधारण सेयर मूल्य र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरको मूल्य सो मात्राले घटेको हो ।

सो दिन उत्पादमूलक समूह १०० अंकले बढेर २७६२ अंकमा पुगेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स, हाइड्रो, अन्य र म्युचअल फण्ड समूह सामान्य अंकले बढेका हुन् भने बाँकी समूह राताम्मे भएका छन् ।

Share News