काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज(गाभिने) हुने भएका छन् ।
सो सम्बन्धि दुई संस्थाबीच आईतबार प्रारम्भिक (एमओयूमा) हस्ताक्षर भएको हो ।
उक्त गाभिने प्रयोजनको लागि नेप्सेले जेठ ६ गतेदेखि दुई संस्थाको सेयर कारोबार बन्द गरेको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म दुबै कम्पनीको सेयर कारोबार रोक्का हुने छ ।