काठमाडौं । सोमबार जनसेवी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ४३ हजार २९९ जना आवेदकले संस्थाको १० कित्ता सेयर पाएका छन् भने दुई लाख ९१ हजार ५७५ आवेदकको हात खाली भएको छ ।
उक्त आईपीओमा कूल ३ लाख ३४ हजार ८७४ आवेदकले ६० लाख ७९ हजार १४० कित्ताको लागि आवदेन दिएका थिए । जसमा ६७७ जनाको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले वैशाख २७ गतेदेखि वैशाख ३१ गतेसम्म कुल ४ लाख ६३ हजार ३०० कित्ता सेयर निष्काशन गरेको छ । जसमध्ये ७ हजार १४५ कित्ता शेयर कर्मचारीलाई र २३ हजार १ सय ६५ कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याएको थियो । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।
हाल कम्पनीको चुक्ता पूँजी ९ करोड ८० लाख रुपैयाँ रहेको छ । सो मात्राको आइपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी १४ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।
यसका साथै, सोमबार(आज)मात्रै यस कम्पनी कालिका लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्झौता भएको छ । त्यसैले उक्त प्रयोजनको लागि सोमबार(जेठ ६ गते) देखि कालिका लघुवित्तको सेयर कारोबार रोकिएको छ ।