काठमाडौं । प्रभु बैंक लिमिटेडको ५६ लाख ११ हजार ८४५ कित्ता संस्थापक(प्रमोटर) सेयर साधारण सेयरमा परिणत भएको छ । बिहीबार मात्रै बैंकको सो मात्राको सेयर साधारणमा परिणत भएको नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले जनाएको छ ।
उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।