गैह्र आवसीय नागरिकलाई सेयर कारोबार गर्न बाटो खुला

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैह्र आवसीय नागरिकहरुलाई सेयर कारोबार गर्न बाटो खुला गरिदिएका छन् । उनले नयाँ बजेटमा गैह्र आवसीय नागरिकहरूले दोश्रो बजार मार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने बताएका छन् । साथै, सबै प्रकारका धितोपत्र ऋणपत्रको दोश्रो बजार कारोबार विद्युतीय मार्फत गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गैह्र आवसीय नागरिकहरुलाई सेयर कारोबार गर्न बाटो खुला गरिदिएका छन् । उनले नयाँ बजेटमा गैह्र आवसीय नागरिकहरूले दोश्रो बजार मार्फत पनि लगानी गर्न सक्ने गरी पुँजी बजारलाई फराकिलो बनाइने बताएका छन् ।

साथै, सबै प्रकारका धितोपत्र ऋणपत्रको दोश्रो बजार कारोबार विद्युतीय मार्फत गर्न विद्युतीय कारोबार प्रणालीलाई सुरक्षित र पारदर्शी बनाइने छ । सरकारी ऋणपत्र किनबेच गर्नका लागि अनलाइन प्रणाली विकास गरिने छ ।

धितोपत्रको दोश्रो बजार निश्चित रकम भन्दा बढी कारोबार गर्ने लगानीकर्ताहरुको स्थायी लेखा नम्बर(प्यान) सहितको विवरण नेप्से तथा सीडीएससी राफसाफ प्रणालीमा आवद्ध गरिने छ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जको संस्थागत सुधार गरिने खतिवडाले बताएका छन् ।

Share News