
काठमाडौ । महङ्गो शुल्कमा मात्र बीमा हुन्छ भन्ने भनाई सन नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडसँग मिल्दोजुल्दो देखिदैन । सो कम्पनीले ५ रुपैयाँभन्दा कम शुल्कमा नै बीमा पोलिसी बिक्री गर्दै आएको छ ।
सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले भने- ‘जीवनमा बीमाको ठूलो महत्व हुन्छ, हामीले आर्थिक अवस्था कमजोर भएका वर्गले समेत बीमा गर्न सक्ने गरी पोलिसी बिक्री गर्दै आएका छौँ ।’ अर्यालले बीमा वर्तमान समयमा निकै आवश्यक भएकोमा जोड दिए ।
५ रुपैयाँभन्दापनि कममा बीमा:
५ रुपैयाँ भन्दा कममा १० लाख रुपैयाँ बराबरको सुरक्षा सन नेपाल लाईफले दिँदै आएको पाईन्छ । पाँच बर्षको अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा ५ लाख रुपैयाँ बराबरको जोखिम र १८ घातक रोग विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबरको सुरक्षण हुँदै आएको जनाएको छ ।
१६ बर्षदेखी ६५ बर्ष उमेरका इच्छुक व्यक्ती सो बीमा योजनामा सहभागी हुन सक्नेछन् । साथै, उमेरको आधारमा बीमा शुल्कमा केही तल–माथि कम्पनीले जनाएको छ ।