राष्ट्रपतिमा विद्या भण्डारीको उम्मेदवारी, प्रचण्ड, कमल र गच्छद्धारको साथले जित सुनिश्चित

<p>काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको छ । भण्डारीको उम्मेदवारीको प्रस्तावकमा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड रहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बसेका छन् । फोरम लोकतान्त्रिकका प्रमुख सचेतक जनक चौधरीले समर्थकका रुपमा हस्ताक्षर गरेको एमाले सांसद रामकुमार भट्टराईले जानकारी दिए । भण्डारीको समर्थकमा चित्र बहादुर [&hellip;]</p>

Bikashnews.com

काठमाडौं, १० कात्तिक । राष्ट्रपति पदमा एमाले उपाध्यक्ष विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको छ । भण्डारीको उम्मेदवारीको प्रस्तावकमा एकिकृत माओवादीका अध्यक्ष प्रचण्ड रहेका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बसेका छन् ।

फोरम लोकतान्त्रिकका प्रमुख सचेतक जनक चौधरीले समर्थकका रुपमा हस्ताक्षर गरेको एमाले सांसद रामकुमार भट्टराईले जानकारी दिए ।
भण्डारीको समर्थकमा चित्र बहादुर केसी, जयदेव जोशी लगायतका सत्ता गठबन्धनका पार्टी तथा सांसदहरु रहेका छन् ।

एकिकृत माओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दर्ता भएसँगै विद्या भण्डारीको जित सुनिश्चित भएको एमाले सांसद भट्टराईले बताए ।‘सत्ता गठबन्धनका तर्फबाट राष्ट्रपतिमा विद्या भण्डारीको उम्मेदवारी दर्ता भएको हो, भारी बहुमतले विजयी हुने निश्चित छ’, सांसद भट्टराईले भने ।

व्यवस्थापिका संसदमा एमालेको १८३, एकिकृत माओवादीको ८४, राप्रपा नेपालको २५ र फोरम लोकतान्त्रिकको १८ सांसद रहेका छन् । सत्ता गठबन्धनमा सामेल अन्य साना दलको समेत मत पाउने भएपछि राष्ट्रपतिमा विद्या भण्डारीको जित सुनिश्चित जस्तै देखिएको हो ।

Share News