विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित

<p>काठमाडौं, ११ कात्तिक । नेकपा(एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन् । प्रतिष्पर्धी कुल बहादुर गुरुङलाई पराजित गर्दै भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा निर्वाचित भएसँगै भण्डारी नेपालको राजनीतिक इतिहासमै सर्वाेच्च पदमा पुग्ने पहिलो महिला नेतृ समेत बनेकी छिन् । कुल खसेको मध्ये भण्डारीले ३२७ मत प्राप्त गरि विजयी भएकी हुन [&hellip;]</p>

Bikashnews.com

काठमाडौं, ११ कात्तिक । नेकपा(एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएकी छिन् । प्रतिष्पर्धी कुल बहादुर गुरुङलाई पराजित गर्दै भण्डारी गणतन्त्र नेपालको दोश्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै भण्डारी नेपालको राजनीतिक इतिहासमै सर्वाेच्च पदमा पुग्ने पहिलो महिला नेतृ समेत बनेकी छिन् ।

कुल खसेको मध्ये भण्डारीले ३२७ मत प्राप्त गरि विजयी भएकी हुन भने गुरुङले जम्मा २१४ मत पाएका छन् । ८ मत भने बदर भएको छ । निर्वाचनमा ५४९ मत खसेको थियो ।

भण्डारीलाई नेकपा(एमाले), एकिकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक, राप्रपा, नेकपा(माले) लगायतका दलहरुले मत हालेका हुन् ।

गुरुङलाई भनेको उनकै दल नेपाली काँग्रेस सहित केहि साना दल र स्वतन्त्र सभासदले मतदान गरेका थिए । व्यवस्थापिका संसदमा सभामुख ओनसरी घर्तिले भण्डारीलाई  राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेकी हुन् ।

Share News