बीरगन्जका भारतीय गाडी भारत गए, नेपाल आउन आन्दोलनकारीले रोके

<p>काठमाडौं, १६ कात्तिक । मधेशी मोर्चाका कार्यकर्ताले भारतीय गाडी भारत जान दिए पनि नेपाली गाडी नेपाल प्रवेश गर्न रोकेका छन् । सोमवार विहान नेपाली सुरक्षाकर्मीको पहलमा २१९ गाडी भारत प्रवेश गरेपनि नेपाली गाडी भने नेपाल प्रवेश गर्न नपाएका हुन् । भारततर्फ नेपालको लागि अत्यावश्यक बस्तु सहितका करिब ५ सय मालवाहक गाडी रोकिएका छन् । नेपालमा [&hellip;]</p>

काठमाडौं, १६ कात्तिक । मधेशी मोर्चाका कार्यकर्ताले भारतीय गाडी भारत जान दिए पनि नेपाली गाडी नेपाल प्रवेश गर्न रोकेका छन् । सोमवार विहान नेपाली सुरक्षाकर्मीको पहलमा २१९ गाडी भारत प्रवेश गरेपनि नेपाली गाडी भने नेपाल प्रवेश गर्न नपाएका हुन् ।

भारततर्फ नेपालको लागि अत्यावश्यक बस्तु सहितका करिब ५ सय मालवाहक गाडी रोकिएका छन् । नेपालमा सामान पु¥याएर सीमानामा पुगेका २ सय १९ गाडी भने आन्दोलनकारीले भारत जान दिएका नेपाली अधिकारीले बताएका छन् ।

‘आज विहान २ सय १९ गाडी भारत प्रवेश गरेपनि उतावाट एउटा गाडी पनि नेपाल प्रवेश गरेनन्, नेपालले आफ्नो तर्फको अवरोध हटाएपछि भारततर्फ रोकिएका गाडी पनि नेपाल प्रबेश गर्न दिने आश्वासन पाइएको थियो, तर सो अनुसार काम भएन,’ भन्सार विभागका एक अधिकारीले भने ।

नेपाली सुरक्षाकर्मीले सोमवार विहान करिब साढे ४ बजे नेपाल भारत सिमानाको मितेरी पुलमा हस्तक्षेप गरी आन्दोलनकारीलाई हटाएको थियो । नेपाल प्रहरीले आन्दोलनकारीलाई हटाएपछि भारतीय गाडी भारत प्रवेश गरेका हुन् ।

भारतीय अधिकारीले विहान १० बजेदेखि नेपाली गाडी नेपाल प्रवेश गर्न दिने आश्वासन नेपाली अधिकारीलाई दिएका थिए । भारतीय अधिकारीले भन्सार पास भएका नेपाली गाडीलाई पनि नेपाल प्रवेश गर्न नदिएका हुन् ।

आन्दोलनकारीले पुन मितेरी पुलमा धर्ना थालेका छन् । सोही धर्नालाई देखाउदै भारतीय अधिकारीले गाडी नेपाल प्रवेश गर्न नदिएको नेपाली पक्षको भनाइ छ । भारतीय गाडी लामो समयदेखि नेपाली सीमामा रोकिएपछि भारतीय चालक आन्दोलित बनेका थिए । भारतले आफ्ना नागरिकको दबाबपछि भारतीय गाडी चलाखीपूर्वक भारत प्रवेश गराएको हो ।

Share News