बिष्णु पौडेल अर्थमन्त्री !

<p>काठमाडौं, १६ कात्तिक । केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्ने बहस चलिरहँदा बिष्णु पौडेल पुनः अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्रालयको दौडमा रहेका भिम रावल र सुरेन्द्र पाण्डेलाई पछि पार्दै पौडेल अर्थमन्त्रीको दावेदारीमा अगाडी आएका हुन् । पौडेललाई अर्थ मन्त्री बनाउन प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल समेत सहमत भएको एमाले [&hellip;]</p>

Bikashnews.com

काठमाडौं, १६ कात्तिक । केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्छ भन्ने बहस चलिरहँदा बिष्णु पौडेल पुनः अग्रपंक्तिमा देखिएका छन् । अर्थमन्त्रालयको दौडमा रहेका भिम रावल र सुरेन्द्र पाण्डेलाई पछि पार्दै पौडेल अर्थमन्त्रीको दावेदारीमा अगाडी आएका हुन् ।

पौडेललाई अर्थ मन्त्री बनाउन प्रधानमन्त्री केपी ओली, बरिष्ठ नेता माधव नेपाल समेत सहमत भएको एमाले श्रोतले बतायो । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउन नहुने भन्दै ईश्वर पोखरेल, शंकर पोखरेल, बामदेव गौतमले प्रधानमन्त्री ओलीलाई दबाव दिईरहेका छन् ।सरकार सफल बनाउनका लागि पनि बिष्णु पौडेलाई अर्थमन्त्री बनाउनु उपयुक्त हुने ओली निकट एक नेताले भने ।

को को बन्दैछन मन्त्री ?
bhim_rawal

एमालेले उपाध्यक्ष भिम रावललाई उपप्रधान तथा रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेको छ । एमालेबाट पशुपति चौलागाईँ, शेरधन राई, श्रीमाया थकाली, भानुभक्त ढकाल र यज्ञराज सुनुवार लगायतलाई मन्त्री बनाउने भद्र सहमति शिर्ष नेताबिच रहेको बताईयो । बामदेव गौतमले रबिन्द्र अधिकारीलाई मन्त्री बनाउन दबाव दिएको श्रोतले बतायो ।

Share News