
काठमाडौँ । मदनवाटिका पार्क महादेवस्थान कोटेश्वर काठमाडौँमा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय काठमाडौँले १५० थान डस्टबीन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो छ । शनिवार कार्यक्रममा प्रमुख अतिथि पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र विशिष्ठ अतिथि तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले डस्टबीन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले नेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंकले खेलेको भूमिकाबारे चर्चा गरे । एकिृत उपभोक्ता समितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्षसुमित्रा खरेलले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै कृषि विकास बैंक लि.ले पुर्याएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको कामना गरे ।
उक्त कार्यक्रममा कृषि विकास बैंक लिमिटेड कामु उप–महाप्रबन्धक प्रताप सुवेदी, क्षेत्रीय कार्यालय काठमाडौका कामु निर्देशक करुणचन्द्र घिमिरे, कामु निर्देशक अनिल यादव, कामु विभागीय प्रमुख अजय रिमाल, मुख्य शाखा प्रबन्धक गोकुल पनेरु, बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, कामु प्रबन्धक यादव पोखरेल, खेटराज दहाल लगायतका अन्य कर्मचारीको समेत उपस्थिति रहेको थियो ।