
काठमाडौँ । कृषि विकास बैंक लि. शाखा कार्यालय जितपुरले सिद्धार्थ बहुमुखी क्याम्पस जितपुर कपिलवस्तुको परिसरमा निमार्ण भएको सरस्वती मन्दिरमा मुर्ति स्थापनाका लागि कृषि विकास बैंक लि.ले रु.३ लाख सहयोग उपलव्ध गराएको छ । नवनिर्मित सरस्वति मन्दिरको उद्घाटन ५ नं. प्रदेश सभासद विष्णु पन्थी र कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका कामु निर्देशक सुदीपकुमार दहाले संयुक्त रुपमा गर्नु गरेका हुन् ।
मन्दिर उद्घाटन कार्यक्रमको सिलसिलामा कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सभासद पन्थीले बैंकले सरस्वतिको मूर्ति स्थापना गरिदिएकोमा विशेष धन्वाद दिंदै कृषि विकास बैंकले आफ्नो स्थापनादेखि हालसम्म निरन्तर देशका कुनाकाप्चा पुगेर बैकिङ्ग सेवा पुर्याई गरिव किसानको जीवन उकास्नमा महत्वपूर्ण भूमिका खेलेको चर्चा समेत गरे ।
कार्यक्रममा बैंकका क्षेत्रीय निर्देशक तथा उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि दहालले मूर्ति स्थापनाका लागि रु.३ लाखको चेक क्याम्पसलाई हस्तान्तरण गर्दै यस प्रकारको सहयोग गर्न सकेकोमा प्रसन्नता व्यक्त गरे ।