
काठमाडौँ । कृषि विकास बैंकले चितवन भरतपुर स्थित हिमाली टोल बिकास संस्थालाई ५० थान डस्टवीन र होडिङ्ग वोर्ड हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष शोभाष चन्द्रको अध्यक्षततामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० हिमाली टोल विकास संस्थालाई सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत सहयोग गरिएको हो ।
बैंक सञ्चालक समितिका सदस्य संजिव पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भरतपुर शाखाका प्रबन्धक काँशिराज कँडेल र कार्यक्रमका प्रमुख पौडेलले संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बैंक पूर्व शाखा प्रवन्धक प्रदीपकुमार पोखरेल, डा. जीवनकुमार श्रेष्ठ, समितिका सल्लाहकार डा. हरिहर पोख्रेल, चन्द्रप्रसाद सिग्देल, भानुप्रसाद उपाध्याय, प्रेमप्रसाद सुवेदी, खड्गबहादुर श्रेष्ठ, शिवप्रसाद शर्मा, आमा समूहका अध्यक्ष नारायणी लम्सालले कृषि विकास बैंक लि. पुर्याएको योगदान कदर गर्दै कृषि विकास बैंक लि.को प्रगतिको कामना गरे ।