आइएमई लाइफ र आईसिएफसि फाइनान्सबीच बैंकास्योरेन्स सम्झौता

<p>काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् । सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा [&hellip;]</p>

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र आईसिएफसि फाइनान्स लिमिटेड काठमाडौँबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आईसिएफसि फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आईसिएफसि फाइनान्स लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

Share News