एनसीसी बैंकले १५.८९ प्रतिशत बोनस सेयर दिने

<p>काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट सेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो । नेपाल [&hellip;]</p>


काठमाडौँ । एनसीसी बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत सेयर लाभांश दिने भएको छ । त्यस्तै उक्त लाभांशमा लाग्ने कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको हो ।

बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट सेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।

Share News