प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा साउन १७ गते, बुक क्लोज कहिले ?

<p>काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारण सभा साउन १७ गते हुने भएको छ । तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ । साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ । साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि [&hellip;]</p>

काठमाडौँ । प्रभु इन्स्योरेन्स लिमिटेको २३ औँ वार्षिक साधारण सभा साउन १७ गते हुने भएको छ ।

तीनकुने स्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजे साधारण सभा हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि साउन ३ गतेदेखि १७ गतेसम्म सेयर दाखिला खारेज किताब बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

साधारण सभामा बार्षिक प्रतिवेदनमा माथि छलफल हुनेछ, साथै आर्थिक वर्ष २०७४/०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरु छलफल गरी पारित गर्ने कार्यतालितका रहेको छ ।

Share News