फ्रान्सले प्रत्येक हवाई टिकटमा १८ युरो कर लिने, प्रदुषण हटाउने परियोजनामा खर्च

<p>पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर)सम्म कर लिने घोषणा गरेको छ । फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए । आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ [&hellip;]</p>

पेरिस । फ्रान्स सरकारले फ्रान्सेली विमानस्थल प्रयोगकर्ता हरेक यात्रुसँग हवाई टिकटबापत १८ युरो (२० अमेरिकी डलर)सम्म कर लिने घोषणा गरेको छ ।

फ्रान्सेली यातायात मन्त्री एलिजाबेथ बोर्नले यस्तो रकमलाई कम प्रदूषणयुक्त यातायात प्रणालीका परियोजनामा खर्च गरिने बताए ।

आगामी सन् २०२० देखि प्रयोगमा ल्याइने यस योजना अन्तर्गत आन्तरिक उडान र युरोपभित्रमा इकोनोमी श्रेणीका टिकटमा १.५ युरो तथा युरोपबाहिर उडान भर्ने बिजनेस श्रेणीका यात्रुमाथि सबैभन्दा बढी कर लिइनेछ, मन्त्री बोर्नले उल्लेख गरे । रासस/एएफपी

Share News