सन नेपालले गर्यो २६ लाख ३४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

<p>काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको २६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ जना मृत बिमितको रकम भुक्तानी गरेको हो । मृत्युवरण गर्ने बिमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखीएको छ । १ जना महिला बिमितले मृत्युवरण गर्दा ४ जना पुरुष बिमितले मृत्युवरण गरेका छन् । मृत्युवरण [&hellip;]</p>


काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत बिमितको २६ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ५ जना मृत बिमितको रकम भुक्तानी गरेको हो ।

मृत्युवरण गर्ने बिमितहरु मध्येमा महिलाको भन्दा पुरुषको संख्या धेरै देखीएको छ । १ जना महिला बिमितले मृत्युवरण गर्दा ४ जना पुरुष बिमितले मृत्युवरण गरेका छन् । मृत्युवरण गर्ने बिमितहरु कैलाली, रुकुम, रुपन्देही, महोत्तरी र कञ्चनपुरका रहेका छन् ।

मृत्युवरण गर्ने बिमितहरु व्यापार व्यसायदेखी शिक्षण पेशामा आवद्ध रहेको थिए । ३ जना बिमितले व्यापार व्यवसाय गर्दै आएका थिए भने १ जना शिक्षण पेशामा आवद्ध रहेका थिए ।

सन नेपाल लाईफका प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजकुमार अर्यालले आफूहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्दै आएपनि देशैभर नै सेवा प्रदान गर्दै आएको बताए ।

सन नेपाल लाइफका प्रडक्टहरु
कम्पनीले धनलक्ष्मी जीवन बीमा, सामूहिक म्यादी जीवन बीमा, बाल समृद्ध जीवन बीमा, धनाधन्य जीवन बीमा, नविकरण म्यादी जीवन बीमा, भाग्योदय जीवन बीमा, नबिन आजिवन जीवन बीमा, सनलाईफ इन्डोमेन्ट एन्स्योरेन्स प्लान, सार्थक आजीवन जीवन बीमा शीर्षकमा बीमा गराउँदै आएको छ ।

साथै, सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दैनिक ५ रुपैयाँ बीमा शुल्क तिरेर बीमा गर्न मिल्ने पोलिसी बजारमा ल्याएको छ । सो बीमा मार्फत बिमितले १८ घातक रोगहरुमा ५ लाख रुपैयाँ उपचार खर्च पाउने छन् । त्यस्तै, ५ लाख बिमाङ्कको ५ वर्षे म्यादी जीवन बीमा दैनिक ५ रुपैयाँ बीमा शुल्कमै गर्न मिल्ने व्यवस्था कम्पनीले ल्याएको छ ।

बीमा अवधि भित्र करारमा उल्लेखित १८ किसिमका घातक रोग लागेकोे निरुपण भएमा बीमाङ्क रकम बराबर अधिकतम ५० लाख रुपैयाँसम्म बीमा गर्न सकिने जनाएको छ । दैनिक ५ रुपैयाँ भनिएको बीमा शुल्कमा बिमितको उमेर समूहले केही थपघट हुने कम्पनीले जनाएको छ ।

सन नेपाल लाइफका शाखा सञ्जालहरु
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २० वटा शाखाहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ । इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरे अनुसार देशको विभिन्न स्थानबाट बीमा सेवा प्रदान गर्दै आएको छ । लगनखेल, धनगढी, डडेलधुरा, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, पोखरा, सूर्यविनायक, नारायणगढ, बनेपा, काठमाडौ, वीरञ्ंज, लाहान, जनकपुर, धरान, बसन्तपुर, ईटहरी, दमक, बिर्तामोडबाट जीवन बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

Share News